सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलमा दसैँ सस्तो बजार सुरु

बिहीबार, २१ असोज २०७८, १७ : ५८
बिहीबार, २१ असोज २०७८

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा दसैँ सस्तो बजार सुरु भएको छ ।  दसैँ सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले सस्तो बजारले उपभोक्तालाई  सहज हुने बताए । मन्त्री शाहीले दसैँको समयमा दैनिक उपभोग्य बस्तुको खरिदमा उपभोक्ता ठगिने गुनासो आउने स्मरण गर्दै अनुगमनलाई प्रभावकारी बनाउन समेत सरकारी संयन्त्रलाई निर्देशन दिए ।

संघका अध्यक्ष उज्ज्वल कसजूले संघले आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानको स्मरण गर्दै औद्योगिक तथा व्यावसायिक वातावरण बनाइदिन सरकारसँग माग गरे । यही असोजको २५ गतेसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारमा दैनिक उपभोग्य बस्तु तथा नयाँ नोट सटहीको समेत गरी ३० स्टल राखिएको छ । दसैँ सस्तो बजारमा नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको नयाँ नोट सटहीको लागि ग्लोबल आईएमई बैंकले व्यवस्थापन गरेको छ ।

त्यस्तै नेपाल दुग्ध विकास संस्थानको दुग्धजन्य उत्पादन, साल्ट ट्रेडिङको नुन लगायतका दैनिक उपभोग्य सामाग्री सहित मासु तथा अण्डा समेत सस्तो बजारमा राखिएको छ । दसैँ सस्तो बजारमा बाहिर बजारमा भन्दा सुलभ मूल्यमा उपलब्ध गराइने संघका महासचिव विमलराज भट्टराईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप