विश्वासको मत पाएपछि मुख्यमन्त्री राउतले गरे जानकी मन्दिरको दर्शन
बिहीबार, २१ असोज २०७८, १७ : ४६

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार जानकी मन्दिरको दर्शन गरेका छन् । प्रदेशसभामा दुई तिहाइ मत प्राप्त गरेको केही दिनपछि उनले जानकी मन्दिरका पुजारी महन्त रामपतेश्वर दास वैष्णवसँग दर्शन भेट गरेका हुन् ।
विश्वासको मत प्राप्त गरेपछि राउतले जानकी मन्दिरमा गई महन्त दासबाट आशीर्वाद ग्रहण गरेको मुख्यमन्त्री सञ्चार सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्री राउतले बुधबार प्रदेशसभा २ मा दुई तिहाइभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए । उनी अधिकांश सनातन धर्मसभाहरूमा समेत सहभागी हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘चमेलीको पोइ’ को छायाङ्कन सुरु
-
ज्ञानेन्द्र शाह राजा नै होइनन् : महन्थ ठाकुर
-
‘नरसिंहा: अवतार’ मा पुरानो हिट गीत ‘अच्छा लेकिन’ नयाँ स्वादमा
-
साझेदारी ‘मोडल’मा परिवार योजना शिविरः अझै परिवार नियोजनका साधनमा पहुँच पुर्याउन चुनौती
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रिक्त, सर्च कमिटी नै बन्न सकेन
-
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान