शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नीम र दहीको फेस प्याकले छालालाई गर्ने सात फाइदा

बिहीबार, २१ असोज २०७८, १६ : ३०
बिहीबार, २१ असोज २०७८

नीममा एन्टीब्याक्टेरियल र एन्टीफंगल विशेषताहरू पाइन्छ । यसलाई हप्तामा ३ या चारपटक दहीसँग मिश्रण गरेर छालामा लगाउँदा धेरै समस्याहरू समाधान हुन्छ । यसका लागि दुई चम्चा नीमको पत्ताको पेस्टमा एक चम्चा दही मिश्रण गर्नुपर्छ । यसलाई फेस प्याक बनाएर लगाउँदा निम्न फाइदाहरू हुनेछन् :

१. छालामा चमक – नीम र दहीको फेस प्याकमा पर्याप्त मात्रामा भिटामिन र न्युट्रिएन्टस पाउन सकिन्छ । जसले छालाको कोषहरूलाई आवश्यक पोषण प्रदान गर्दछ । यसले छालामा चमक बढ्दछ ।

२. ट्यानिङमा कमी – नीम र दहीको फेस प्याकले छालाको ड्यामेज भएका टिस्युहरूलाई मर्मत गर्दछ । यसले छालामा देखिएको ट्यानिङमा कमी आउँदछ ।

३. पिम्पलको उपचार – नीम र दहीको फेस प्याकमा एन्टीब्याटेरियल विशेषता पनि हुन्छ । यसले तपाईंको छालामा रहेको ब्याक्टेरियालाई खतम गर्नुका साथै पिम्पलको समस्याबाट छुटकारा दिलाउँछ ।

४. ब्ल्याक हेड गायब – नीम र दहीको फेस प्याकमा पाइने तत्त्वले छालालाई सफा गरेर ब्ल्याक हेडलाई गायब बनाउँछ ।

५. दाग हटाउँछ – यसमा रहेको एन्टीसेप्टिक विशेषताले घाउलाई पनि ठिक गर्नुका साथै दागलाई हटाउन पनि मद्दत गर्छ ।

६. सनस्क्रिनको काम – नीम र दहीको फेस प्याकमा पाइने तत्त्वहरूले सनस्क्रिनको रूपमा पनि काम गर्दछ । यसलाई हरेक दिन लगाउँदा सूर्यको अल्ट्रा भायलेट किरणबाट पनि छालालाई बचाउँछ ।

७. डार्क सर्कल कम गर्छ – हरेक दिन नीम र दहीको फेस प्याक लगाउने हो भने डार्क सर्कलको समस्याबाट यसले छुटकारा दिलाउँछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप