शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरबाट १ हजार खसी बोका काठमाडौं निर्यात गरिने

बिहीबार, २१ असोज २०७८, १६ : ०९
बिहीबार, २१ असोज २०७८

मकवानपुरबाट यस वर्षको दसैंका लागि १ हजार खसी बोका काठमाडौं निर्यात गरिने भएको छ । साविकको खाद्य संस्थान तथा हालको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि १ हजार खसी बोका काठमाडौं निर्यात गर्ने भएको हो । 

दशैंमा खपत हुने मासुको लागि मकवानपुरका विभिन्न कृषि सहकारी संस्थासँगको समन्वयमा कम्पनीले खसी बोका काठमाडौं निर्यातको व्यवस्थापन गरेको छ ।  कम्पनीले हेटौंडाको औद्योगिक क्षेत्रमा रहेको तत्कालीन खाद्य संस्थानको कार्यालयबाट खसी बोका खरिद, संकलन र ढुवानीको व्यवस्थापन मिलाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जका प्रमुख विकास कटुवालले जानकारी दिए । 

कम्पनीले दशैंमा १ हजार वटा खसीबोका काठमाडौं ढुवानी गर्ने लक्ष्यसहित खसी बोका संकलनका लागि मूल्य निर्धारण समेत गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको स्थानीय प्राथमिक खरिद् समितिको गत असोज १७ गतेको बैठकले खसी बोकाको मूल्य निर्धारण गरेको छ । 

समितिले २०–२५ किलो तौल भएका जिउँदो खसीको प्रति किलो ५ सय ७५ रुपैयाँ मूल्य निर्धारण गरेको छ भने २५ किलोभन्दा माथि तौल भएका खसी तथा बोकाको मूल्य प्रति ५ सय २५ रुपैयाँ निर्धारण गरिएको छ ।  त्यस्तै समितिले १८ किलो वा सो भन्दा बढी तौल भएका बोकाको मूल्य प्रतिकिलो ५ सय २० रुपैयाँ निर्धारण गरेको छ ।

समितिले उत्पादन आपूर्ति, स्थानीय बजार भाउ र सम्बन्धित पशु सेवा कार्यालयको दर रेटका आधारमा मूल्य निर्धारण गरेको बताए ।  कम्पनीले भोलि शुक्रबारबाट खसी बोका संकलन तथा निर्यातको काम गर्ने गरी काम गरिरहेको उनले बताए । गाउँ क्षेत्रबाट खसी बोका संकलन गरी खाद्य कम्पनीको हेटौंडामा रहेको गोदामलाई उपयुक्त खोरको व्यवस्थापन गरी राखिने र क्रमशः ढुवानी गरिने उनले बताए ।]

सहकारीहरूबाट खसी तथा बोका खरिद गर्दा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका पशु चिकित्सकले निरोगिता परीक्षण गरेर मात्र गरिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप