भ्रष्टाचार ठहरपछि फार्मेसी अधिकृत अधिकारी बर्खास्त
बिहीबार, २१ असोज २०७८, १४ : ०३
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालिन औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्याम कुमार अधिकारीलाई बर्खास्त गरेको छ । भ्रष्टाचार गरेको पुष्टि भएपछि उनलाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य हुनेगरी बर्खास्त गरिएको हो ।
फार्मेसी अधिकृत सातौं तहका अधिकारीलाई लोक सेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको असोज १४ को परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा २ को खण्ड ख अनुसार भ्रष्टाचार कसुरमा बर्खास्त गरिएको मन्त्रालयको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)