शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डब्ल्यूएचओले मलेरियाको पहिलो भ्याक्सिनलाई दियो मञ्जुरी

बिहीबार, २१ असोज २०७८, १४ : ०२
बिहीबार, २१ असोज २०७८

मलेरियाको पहिलो भ्याक्सिन RTS,S/AS01 लाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मञ्जुरी दिएको छ । मलेरियाबाट सबैभन्दा बढी प्रभावित अफ्रिकी देशबाट यसको सुरुवात हुनेछ । त्यसपछि डब्ल्यूएचओको ध्यान संसारभरी मलेरियाको खोप बनाउका लागि आर्थिक सहयोग संकलन गर्नेमा हुनेछ ता कि खोप समस्त देशसम्म पुर्याउन सकियोस् ।

त्यसपछि सम्बन्धित देशको सरकारले मलेरियालाई नियन्त्रण गर्ने उपायमा खोपलाई समावेश गर्ने नगर्ने भनेर निश्चित गर्नेछ । डब्ल्यूएचओले मलेरियाबाट सबैभन्दा बढी प्रभावित देशका लागि यो भ्याक्सिनले एउटा ठूलो आशा ल्याएको बताएको छ ।

अफ्रिकी देशमा भयो भ्याक्सिनको ट्रायलः

मलेरियाको भ्याक्सिन RTS,S/AS01 को प्रयोग सन् २०१९ मा घाना, केन्या र मालावीमा पाइलट प्रोग्रामको सुरुमा सुरु गरिएको थियो । यसअन्तर्गत २३ लाख बच्चालाई भ्याक्सिन दिइएको थियो । यो नतिजाको आधारमा नै डब्ल्यूएचओले अब भ्याक्सिनलाई मञ्जुरी दिएको छ । यो भ्याक्सिनलाई पहिलो पटक सन् १९८७ मा जीएसके कम्पनीले बनाएको थियो ।

पाइलट प्रोजेक्टको नतिजाका अनुसार मलेरियाको भ्याक्सिन सुरक्षित छ र यसका ३० प्रतिशत गम्भीर मामिला रोक्न सकिन्छ । यो भ्याक्सिन जुन बालबालिकालाई दिइयो तीमध्ये दुई तिहाई यस्ता थिए जोसँग झुल थिएनन् । मलेरियाको भ्याक्सिनबाट अन्य खोप वा मलेरिया रोक्ने अन्य उपायमा पनि कुनै नकारात्मक असर देखिँदैन ।

डब्ल्यूएचओले उप–सहारा अफ्रिकी देशका बालबालिकालाई दुई वर्षको उमेरसम्म मलेरिया भ्याक्सिनका चार डोज दिन सिफारिस गरेको छ । यो खोपले प्लाज्मोडियम फेल्सिपेरमलाई निस्तेज पारिदिन्छ । प्लाज्मोडियम फेल्सिपेरम मलेरिया फैलाउने ६ परजीवीमिध्ये एक हो जुन सबैभन्दा खतरनाक हुन्छ । डब्ल्यूएचओका अनुसार खोपबाट मलेरियाका हरेक १० मध्ये चार मामिला रोक्न सकिन्छ र गम्भीर मामिलामा १० मध्ये ३ जनालाई बचाउन सकिन्छ ।

डब्ल्यूएचओका अनुसार मलेरियाका कारण संसारभरी हरेक वर्ष ४.०९ लाखको मृत्यु हुन्छ । यीमध्ये धेरैजसो अफ्रिकी देशका बालबालिका हुन्छन् । यी हुन् मलेरियाका लक्षणः

– चिसो लाग्नु

– उच्च ज्वरो

– टाउको दुख्ने

– घाँटी खसखस हुने

– पसिना आउने

– थकाई लाग्ने

– बान्ता हुने

– रक्तअल्पत्ता

– मांसपेशीमा दुखाई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप