मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

इटलीको अपराजित यात्रा टुंगियो, यी हुन् लामो समय अपराजित रहने टोली

बिहीबार, २१ असोज २०७८, १३ : ४४
बिहीबार, २१ असोज २०७८

युईएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेनसँग २–१ ले पराजित भएसँगै इटलीको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ । सन् २०१८ यता इटली लगातार ३७ खेलसम्म अपराजित थियो । यसक्रममा उसले युरोकप फुटबलको उपाधि पनि जित्यो । विश्व फुटबलमा लामो समय अपराजित रहने टोलीहरूको सूची यस्तो छ । 

–इटली २०१८ यता अपराजित थियो । स्पेनसँग पराजित भएसँगै उसको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ । 

–सर्वाधिक धेरै खेलमा अपराजित रहने टोलीको सूचीमा ब्राजिल दोस्रो स्थानमा छ । १९९३ देखि १९९६ सम्म ३६ खेलमा ब्राजिल अपराजित थियो ।

–२००७ देखि २००९ सम्म ३५ खेलमा स्पेन अपराजित थियो । 

–१९९१ देखि १९९३ सम्म ३१ खेलमा अर्जेन्टिना अपराजित थियो । 

–१९९४ देखि १९९६ सम्म ३० खेलमा फ्रान्स अपराजित थियो । १९३५ देखि १९३९ सम्म इटली पनि ३० खेलमै अपराजित थियो । 

–सर्वाधिक लामो समय अपराजित रहने टोलीको सुचीमा अल्जेरिया पनि छ । २०१८ यता २९ खेलमा अल्जेरिया अपराजित छ । उसले अब ८ खेल अपराजित रह्यो भने इटलीको कीर्तिमान बराबरी गर्नेछ । ९ खेलसम्म अपराजित रहनेमा नयाँ कीर्तिमान बनाउनेछ । 

–पश्चिम जर्मनी १९७८ देखि १९८१ सम्म २३ खेलमा अपराजित थियो । २०१० देखि २०१२ सम्म फ्रान्स पनि २३ खेलमा अपराजित थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप