शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेसको प्रतिनिधि टोली भारत प्रस्थान

बिहीबार, २१ असोज २०७८, १२ : ३९
बिहीबार, २१ असोज २०७८

नेपाली काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वको टोली भारत प्रस्थान गरेको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा विहीबार मध्यान्ह महत नेतृत्वको तीन सदस्यीय टोलीले पाँच दिने भारत भ्रमणमा निस्किएको हो । पूर्व परराष्ट्रमन्त्री महतसँग काँग्रेस केन्द्रीय सदस्य तथा तराई–मधेश समन्वय विभाग प्रमुख अजय चौरासिया र युवा नेता तथा पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणा टोलीमा सहभागी छन् । 

विहीबार १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उनी दिल्ली प्रस्थान गरेको हो । महतको टोलीलाई दिल्ली विमानस्थलमा बीजेपी विदेश विभागका केन्द्रीय सदस्य अश्विर जोहरले स्वागत गर्ने भएका छन् । भ्रमण टोलीमा सहभागी नेता राणाका अनुसार महतको टोलीले आज  भारतको भाजपाका अध्यक्ष जेपी नड्डासँग भेट गर्ने कार्यक्रम छ । 

भाजपा महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख विजय चौथाइवाले, लोकसभा सदस्य एवं महासचिव राजु विष्ट, राज्यसभा सदस्य एवं प्रवक्ता सुधांशु त्रिवेदी, श्यामप्रसाद मुखर्जी फाउन्डेसनका निर्देशक डा. अर्निबन गांगुलीसँग समेत भेट हुने उनको भनाइ छ । महतको टोलीले लखनउमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेटवार्ता हुने भएको छ । राणाका अनुसार महतको टोलीले बनारस हिन्दू विश्वविद्यालयमा अध्ययनरत नेपाली अध्ययन समूहसँग पनि अन्तक्रिया गर्ने भएको छ ।

काँग्रेसको निम्तोमा गत महिना नेपाल भ्रमणमा आएका भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले काँग्रेसले भारत भ्रमणको निम्तो दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप