ad
x

बाइडेन र सीबीच भर्चुअल सम्मेलन गर्ने सहमति

person explore access_timeअसोज २१, २०७८ chat_bubble_outline0

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै वर्षको अन्त्यमा पहिलो सम्मेलन हुने भएको छ । तर, यो सम्मेलन भर्चुअली आयोजना हुनेछ । सम्मेलनको मिति अझै खुलाइएको छैन ।  राष्ट्रपति चुलिएयता जो बाइडेनले सीसँग कुनै पनि औपचारिक भेट नै गरेका छैनन् । विश्वको पहिलो ठूलो अर्थतन्त्र अमेरिका र दोस्रो ठूलो अर्थतन्त्र चीनका राष्ट्रपति बीचको यो सम्मेलनलाई निकै महत्वका साथ हेरिएको छ ।


अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र चिनियाँ शीर्ष कुटनीतिज्ञ याङ जिइचीबीचको ६ घण्टा लामो बैठकपछि बुधबार यस सम्मेलनबारे घोषणा गरिएको हो । अमेरिकी अधिकारीहरुले व्यक्तिगत भेटघाटमा जोड दिएका थिए । तर, महामारी सुरु भएयता सीले यस्ता भेटका लागि चिनियाँ भूमि छाडेका छैनन् । उनी आगामी महिना रोममा हुने जी २० सम्मेलनमा पनि सहभागी हुने छैनन् । जबकी, सामान्य अवस्थामा चिनियाँ नेताहरु प्रायः यो सम्मेलनमा सहभागी हुन्थे । 



९ सेप्टेम्बरमा बाइडेन र सीबीच टेलिफोन कुराकानी भएको थियो । उक्त कुराकानीका क्रममा दुई देशका सरकारबीच थोरैमात्र संवाद भएको विषयलाई दुबैले स्विकारेका थिए । त्यसयता उनीहरुले सम्मेलनको वातावरण बनाउनका लागि आफ्ना प्रतिनिधिहरूलाई भेट्न पठाए । 



जतिबेला स्वीटजरल्यान्ड ज्युरिटमा सुलिभान वार्ताका लागि पुगेका थिए, त्यतिबेला चिनियाँ एयरफोर्स ताइवानको एयर डिफेन्स क्षेत्रमा छिरेको थियो । ताइवानका लागि यो चीनको स्पष्ट चेतावनी थियो । र, यही समय अमेरिकाले पनि अस्ट्रेलियालाई नयाँ आणविक शक्तियुद्ध सवमारियन्सहरु उपलब्ध गराउने घोषणा गरेको थियो । चिनियाँ समून्द्री तट होस् र साउथ चाइना सीका विवादास्पद इलाकामा बिस्फोट गराउनसक्ने सामथ्र्य यी हतियारले राख्छन् ।  



दुई देशबीच यही अवधिमा बन्दी बनाइएका नागरिकहरुलाई रिहा गर्ने काम पनि भएको थियो । अमेरिकाको पहलमा क्यानडाले चिनियाँ टेलिकम्युनिकेसन हुवेईका एक शीर्ष अधिकारीलाई चीन फर्कन दिएको थियो । केही घण्टाभित्रै चीनले पनि आफ्नो देशमा बन्धक बनाइएका दुई अमेरिकी र दुई क्यानाडेली नागरिकलाई घर फर्काइदिएको थियो । 







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।