पोखराका शक्तिपीठहरु सुनसान (फोटोफिचर)
बडा दसैंको पहिलो दिन अर्थात्, घटस्थापनामा पोखराका शक्तिपीठहरु सुनसान बनेका छन् । पोखरा क्षेत्रमा बुधबार रातिदेखिको अविरल वर्षाका कारण श्रद्धालु भक्तजनहरू विभिन्न शक्तिपीठको दर्शन गर्न जान सकेका छैनन् ।
तालबाराही, विन्ध्यवासिनी, भद्रकाली लगायतका मन्दिर सुनसान बनेका छन् । सरकारले कोरोना संक्रमण नियन्त्रणमा आएको भन्दै निषेधाज्ञा हटाएसँगै मन्दिरमा पूजाआजा गर्ने भक्तजनको संख्या बढ्दै गएको थियो ।
विगतमा घटस्थापनाको दिन पोखराका शक्तिपीठ तालबाराही, भद्रकाली, विन्ध्याबासनी लगायतका मन्दिरहरूमा दुर्गा पूजा गर्नेहरुको भीडभाड हुने गरेकोमा यसपटक भने भारी वर्षाका कारण चहलपहल देखिएन । बुधबार रातिदेखि ठुलो वर्षा भएकाले भक्तजनहरू आउन नपाएको बाराहीघाटका डुंगा चालक रमेश थापाले बताए ।
उनले विगतका वर्षहरुमा घटस्थापनाका दिन बाराही मन्दिरमा दर्शन गर्न आउनेहरुको भिड थामिनसक्नु हुने गरेको तर यसपटक वर्षाले घरबाट निस्कन नसक्ने अवस्था रहेको बताए । घटस्थापनाको दिन भएकाले आज डुङ्गा चढ्नेको भिड हुने सोचेर विहानै ५ बजेदेखि आएको भए पनि यात्रु नपाएर अलपत्र परेको उनले बताए ।
‘घटस्थापना भएकाले भिडभाड हुने सोचेर बिहानैदेखि आएँ, अहिलेसम्म डुङ्गा चढ्ने यात्रुनै पाएको छैन,’ उनले भने, ‘यसपटक रातिदेखि अविरल वर्षा भएकाले घटस्थापना भएपनि भक्तजनहरू घरबाट निस्कने अवस्था भएन, विगतका वर्षहरुमा बिहानैदेखि मन्दिरमा दर्शन गर्नेको भिडभाड हुन्थ्यो ।’ घटस्थापनाको दिनदेखि दसैँको नवरात्र सुरु हुन्छ । नवरात्रभर दुर्गाका विभिन्न रुपको पूजा गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु