शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज सेयर कारोबार नहुने, यस्तो छ कारण

बिहीबार, २१ असोज २०७८, ११ : ५७
बिहीबार, २१ असोज २०७८

बिहीबार धितोपत्र (सेयर बजार) मा कुनै कारोबार हुने छैन । किनकी यस दिन हिन्दु धर्मालम्वीहरुको महान चाड दशैंको पहिलो दिन अर्थात् घटस्थापना हो ।  सरकारले घटस्थापनाको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सोही कारण यसदिन सेयर बजार पनि बन्द रहनेछ ।

आज सेयर कारोबारका लागि साताको अन्तिम कारोबार दिन समेत रहेकाले अब एकैपटक आइतबार मात्र बजार खुल्नेछ ।  गत बुधबार नेप्से सूचक ६८.४७ अंकले बढेर २६ सय ८१.१० बिन्दुमा अडिएको छ । जसमा ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप