‘आर्यन खानलाई फसाउनकै लागि यस्तो गरियो, यो घटना राजनीतिबाट प्रेरित छ’

मुम्बई क्रुज पार्टी मामिलामा अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानतको याचिकामाथि बिहिबार मुम्बईकामे किला अदालतमा सुनुवाई हुनेछ । सोमबार अदालतले उनलाई सात अक्टोबरसम्म हिरासतमा राख्नुपर्ने आदेश दिएको थियो । आर्यनसँग अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानतमा पनि आज सुनुवाई हुनेछ ।
यसैबीच महाराष्ट्र सरकारमा क्याबिनेट मन्त्री नवाब मलिकले यो पूरा घटना नक्कली भएको बताएका छन् । पत्रकार सम्मेलनमा नवाब मलिकले भने, ‘आर्यन खानलाई फसाउने उद्देश्यसहित यो सबैकुरा गरिएको हो । एनसीबीको यो कारवाहीमा बिजेपीको हात छ र यो गिरफ्तारी पूर्ण रुपमा राजनीतिद्वारा प्रेरित छ । पछिल्लो एक महिनादेखि क्राइम रिपोर्टरबीच अर्को निशाना शाहरुख खान हुने भन्ने जानकारी पुर्याइएको थियो ।’
नवाब मलिकका अनुसार आर्यन खानलाई ‘एनसीबीको नजिक ल्याउने र सेल्फी खिच्ने केपी गोस्वामी र मनीष भानुशाली बिजेपीका नेता हुन् ।’ यद्यपि, एनसीबीले मलिकको आरोपमाथि प्रतिक्रिया दिँदै यसलाई आधारहीन र गलत बताएको छ । वास्तवमा आर्यन खान जुन दिन पक्राउ परेको थिए त्यस दिन उनको एक व्यक्तिसँगको सेल्फी भाइरल भयो । यो सेल्फी एनसीबीको हिरासतमा रहेका बेला खिचिएको थियो । त्यसपछि एनसीबीमाथि यस्तो प्रश्न तेर्सिन थालेको हो ।
यसको जवाफमा एनसीबीले सेल्फी लिने व्यक्ति उनका विभागकै व्यक्ति भएको स्पष्टिकरण दियो । नवाब मलिकले सेल्फीमा देखिने व्यक्ति बिजेपीसँग सम्बन्धित भएको दाबी गरेका छन् ।
यो घटना मुम्बईमा एक क्रुजमा भइरहेको कथित रेव पार्टीसँग सम्बन्धित छ । एनसीबी प्रमुख एसएन प्रधानले मुम्बई क्रुज ड्रग्स घटनाको निष्पक्ष अनुसन्धान गरिनेछ । प्रधानले भने, ‘हामी यो मामिलामा निष्पक्ष रुपमा काम गरिरहेका छौं ।’
स्मरण रहोस्, यो घटनामा बलिउड र अन्य केही धनाढ्यको पनि संलग्नता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड
-
पानीको स्रोत संरक्षण र चराहरूका लागि बुलबुलेमा अर्को ताल निर्माण गरिँदै
-
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय समिति बैठक जारी
-
प्रीति जिन्टाको १८ करोड ऋण कसले गर्यो माफ ? के भन्छिन् अभिनेत्री ?
-
उपचार खर्च बढी लाग्ने टिटानसबाट जोगिने उपाय
-
शीर्ष सैन्य अधिकारीपछि सेनाका शीर्ष वकिलहरू पनि बर्खास्तीमा