शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फार्मभित्र छिरेर चितुवाले ६ वटा बाख्रा मार्‍यो

बिहीबार, २१ असोज २०७८, १० : ५५
बिहीबार, २१ असोज २०७८

बेदकोट नगरपालिका–९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका छ बाख्रा चितुवाले आक्रमण गरी मारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गए राति बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको हो । व्यावसायिक रुपमा फार्म सञ्चालन गर्दै आएका धामीले चितुवाले बाख्रा मार्दा रु एक लाख २५ हजार बढीको नोक्सानी भएको बताए ।

“बिहानको झिसमिसेमै बाख्रा कराउन थालेपछि फार्ममा पुग्दा १२ मध्ये चितुवाले  ६ वटा बाख्रा मारिसकेको थियो”, उनले भने, “चितुवाले गर्दा निकै ठूलो क्षति बेहोर्नुपरेको छ ।”
 
मारिएका बाख्रामध्ये तीन बाख्रा ब्याउने अवस्थाका थिए । रु ६ लाख लगानी गरी धामीले फार्ममा बङ्गुर र बाख्रापालन गर्दै आएका छन् । फार्ममा पालिएका २० बङ्गुर भने सकुशल रहेका छन् । केही महिनाअघि समेत चितुवाले खोरबाट स्थानीय बासिन्दाका बाख्रा मारेर खाएको थियो । 

चितुवा बस्तीमै छिर्न थालेपछि यस क्षेत्रका बासिन्दा निकै चिन्तित भएका छन् । चितुवाले बाख्रा मारेपछि निकुञ्ज कार्यालय र प्रहरीलाई खबर गरिएको धामीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप