पुरुषलाई जालमा पारेर लुटेको आरोपमा दुई युवती पक्राउ
पुरुषलाई जालमा पारेर लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना युवतीलाई गोंगबुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएकी युनिसा मगर उर्फ उर्मिला र सुनिता तामाङ उर्फ रोशनी छन् । युनिसा र सुनिताले हनिट्रयापमा पारेर दोलखा घर भएका एकजना पुरुषको साढे ३ तोलाको सिक्री लुटेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।
३ महिनाअघि बौद्ध बस्ने ती पुरुष र काभ्रेको नमोबुद्ध घर भएकी सुनिता तामाङको बीचमा सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । युनिसा उनकी साथी हुन् । केही दिनअघि उनीहरुले ति पुरुषलाई फोन गरेर उनलाई एयरपोर्टमा बोलाए । ट्याक्सि चढाएर चापागाउँ बसपार्क सँगै रहेको होटलमा लगेका थिए ।
युनिसा मगरले ‘टिकटक बनाउँछु’ भनेर पुरुषको ३७ दशमलव ५ ग्रामको सुनको सिक्री मागेर भागेकी थिइन् । युनिशा भागेपछि सुनिता पनि उनलाई छाडेर हिँडिन् । फोन गरेर सिक्री माग्दा ‘हामीसँग भिडियो छ, पुलिसकहाँ गएमा फसाउँछौं’ भनेर उनीहरुले ब्ल्याकमेल गरेका थिए ।
हनिट्रयापमा पारेर लुटेको सिक्री भोलिपल्ट १ लाख ६३ हजारमा उनीहरुले टिकाथलीमा रहेको सुन पसलमा बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हनिट्रयापर हरुलाई थप अनुसन्धान र कारवाहीका लागी महानगरीय प्रहरी परिसर जावलाखेलमा बुझाइएको एसएसपी खापुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि