शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गाई जोगाउन खोज्दा भारतमा ट्रक र पर्यटक बस ठोक्किए, ९ को मृत्यु

बिहीबार, २१ असोज २०७८, ०९ : ५९
बिहीबार, २१ असोज २०७८

भारतको उत्तर प्रदेशको बाराबंकीमा बिहिबार बिहान ठूलो दुर्घटना भएको छ । यहाँ देवा इलाकामा बबुरी गाउँ नजिकै एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किएका छन् । दुर्घटनामा ९ यात्रीको घटनास्थलमा नै मृत्यु भयो जबकी २७ जना घाइते छन् । यीमध्ये थुप्रै गम्भीर अवस्थामा रहेकोले मृतकको संख्या पनि बढ्ने आशंका रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । बस दिल्लीबाट बहराइच जाँदै थियो । यसमा ६०–७० यात्रु सवार थिए । सडकमा अचानक आएको गाईलाई जोगाउन खोज्दा ट्रक र बस ठोक्किएको भास्कर दैनिकले बताएको छ ।

एसपी यमुना प्रसादले प्रहरी बल दुर्घटनास्थल पुगेर उद्धारकार्य सुरु गरेको जानकारी दिएका छन् । यी दुई गाडी यति बेस्सरी ठोक्किएका थिए कि दुबैको अगाडिको भाग ध्वस्त भएका छन् । स्रोतका अनुसार थुप्रै शव र यात्री गाडीभित्र नराम्रोसँग फसेका थिए । मृतकको सनाखतको प्रयास गरिँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप