काठमाडौंका ७ पालिका प्रकाशमान- गगनको पक्षमा, कीर्तिपुरमा डंगोल निर्विरोध
काठमाडौं । नेपाली काँग्रेस काठमाडौंको नगर अधिवेशनमा नेता प्रकाशमान सिंह र गगन थापा पक्ष हाबी भएको छ । ७ वटा नगर समितिमा प्रकाशमान र गगन समूह निर्वाचित भएको छ ।
काठमाडौं महानगरपालिकामा नीलकाजी शाक्य, गोकर्णेश्वरमा कुमार लामा, कीर्तिपुरमा कृष्णमान डंगोल, शंखरापुरमा दिलिपकुमार श्रेष्ठ, नागार्जुनमा दुर्गाप्रसाद गौतम, बूढानिलकण्ठमा राजाराम बुढाथोकी र चन्द्रागिरिमा घनश्याम गिरी निर्वाचित भएका छन् ।
यस्तै दुई पालिकामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका विजयी भएका थिए । टोखामा ओमकृष्ण विमली र तारकेश्वरमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवानिकट एउटा पालिकामा मात्र विजयी भएका छन्।
काँग्रेसको कागेश्वरी मनोहरा नगर अधिवेशनबाट सभापतिमा उद्धव दाहाल विजयी भए। दक्षिणकाली नगरपालिकामा मात्रै अधिवेशन हुन बाँकी छ। तर काँग्रेसको कीर्तिपुर नगर सभापतिमा बुधबार कृष्णमान डंगोल निर्विरोध भएका छन्।
सिंह निकट डंगोलको नेतृत्वमा हिजो निर्विरोध कमिटी घोषणा गरिएको छ । यस्तै उपसभापतिमा सुदन बस्नेत र राजिता महर्जन गौतम चयन भएका छन्। सचिवमा इच्छाकुमार महर्जन र किरण केसी चयन हुँदा सहसचिवमा सूर्यकान्त कोइराला र सानुमैया महर्जन चयन भएका छन्।
कोषाध्यक्षमा अर्जुन आचार्य र सह-कोषाध्यक्षमा पवित्रा विष्टलाई मनोनित गरिएको छ। यस्तै कीर्तिपुर नगरकमिटी ११ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । यसअघि काठमाडौंमा ९ पालिका अधिवेशनको मतपरिणाम सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का