इटालीको विश्व कीर्तिमानी अपराजित यात्रामा स्पेनको पूर्णविराम
![इटालीको विश्व कीर्तिमानी अपराजित यात्रामा स्पेनको पूर्णविराम](https://rpcdn.ratopati.com/media/albums/_120881894_mediaitem120881893_mOsyJywhXS.jpg)
इटालीको विश्व कीर्तिमानी ३७ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । सान सिरोमा स्पेनले १० खेलाडीमा सीमित इटालीलाई २–१ गोलले हराउँदै यूईएफए नेसन्स लिगको फाइनलमा स्थान बनाउन सफल भएको हो । योसँगै यूरो २०२० को सेमिफाइनलमा इटालीसँग बेहोरेको हारको बदला लिन पनि स्पेन सफल भएको छ ।
म्यानचेस्टर सिटीका फरान टोरेसले खेलको १७ औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । खेलको ४२ औँ मिनेटमा लियोनार्डो बोनुचीले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएपछि इटाली १० खेलाडीमा सीमित बन्यो । यसको फाइदा उठाउँदै पहिलो हाफको इन्जुरी समयमा टोरेसले अर्को गोल थपे ।
खेलको ८३ औँ मिनेटमा काउन्टर अट्याकमा लोरेन्जो पेलेग्रिनीले इटालीका एक गोल फर्काए पनि उक्त गोल सान्त्वना गोल मात्र बन्न पुग्यो । इटालीले सन् १९९९ पछि आफ्नो घरेलु मैदानमा कुनै प्रतिस्पर्धात्मक खेल हारेको यो पहिलो पटक हो । स्पेनले अब बेल्जियम र फ्रान्सबीचको विजेतासँग फाइनल भिड्नेछ ।
इटालीविरुद्धको खेलमा लुइस एनरिकेले १७ वर्षीय बार्सिलोनाका मिडफिल्डर ग्याबीलाई खेलाएका थिए । उनी स्पेनका लागि खेल्ने सबैभन्दा युवा खेलाडी बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिरासतमा बेचन : समाजसेवी हुँ, चेक च्यातिदिएँ
-
उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट
-
नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि हो : मन्त्री शर्मा
-
मन्त्री छनोटमा देउवाको नीति : गुटगत भागबण्डा हुँदैन
-
ए आइ पोर्ट्रेट मास्टर : HONOR 200 सिरिज नेपालमा जुलाईमा भित्रिँदै
-
मुग्लिन-मलेखु सडक पुनः सञ्चालन