जनताको प्रथामिकताका आधारमा विकास निर्माणलाई तीव्रता दिइन्छ : अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले जनताको प्रथामिकताको आधारमा विकास निर्माणलाई तिव्रता दिने बताएका छन् । बुधबार पोखरा २२ कालाबाङमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बरालले विकासका अत्यावश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले अभिभावकत्व बहन गर्ने बताएका हुन् ।
उनले विगतका सरकारको समेत स्वामित्व लिँदै आफूहरुले जनताको प्रथामिकताको आधारमा विकास निर्माणलाई तीव्रता दिने मन्त्री बरालले बताए । मन्त्री बरालले पुम्दी भुम्दीको पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणदेखि रणनीतिक महत्वका २ वटा सडक निर्माणलाई प्रदेश सरकारले विषेश महत्व दिएको बताए ।
‘पुम्दी भुम्दीको पर्यटकीय क्षेत्रको बृहत विकासको लागि सरकारले पहिलो प्रथामिकताको आधारमा छोरेपाटनदेखि विश्व शान्ति स्तुपा, कालाबाङ, उल्लेखरी हुँदै कुभिण्डेसम्मको सडक निर्माण थालेको छ । त्यसैगरी छोरेपाटन देखि फुर्सेखोला हुँदै कुभिण्डेसम्म जोड्ने सडकलाई बहुवर्षीय योजनामा समावेश गर्ने छौ ।’
मन्त्री बरालले जीर्ण भएको गुम्बालाई मर्मतसम्भार गरेर प्रयोगमा ल्याउन आवश्यक सहयोग गर्ने बताए । उनले यस क्षेत्रका अन्य पूर्वाधार निर्माणको लागि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारका पालामा प्रस्ताव पेश गरे पनि सुनुवाई नभएको बताउँदै आगामी दिनमा क्रमशः समावेश गर्दै लग्ने आश्वासन दिए ।
कालाबाङ सामुदायिक होमस्टेका अध्यक्ष प्रकाशचन्द्र गुरुङले अघिल्लो सरकारका पालामा यस क्षेत्रको विकासका लागि केही योजना पेश गरे पनि माग पुरा नभएकाले अर्थमन्त्री बरालको कार्यकालमा सम्बोधन हुने विश्वास व्यक्त गरे ।
पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले मन्त्री बरालले मन्त्री हुनु पूर्वदेखि नै पुम्दी भुम्दीको विकासको अगुवाई गर्दै आएको बताए । गुम्बा समितिका सल्लाहकार राजबहादुर गुरुङले आफ्नै गाउँबाट प्रदेशले अर्थमन्त्री मन्त्री पाएकोमा खुशी लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव सरुवाले हैरान बनेका सांसदले भने : नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा पुगिसक्छन्
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो
-
इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै