शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनताको प्रथामिकताका आधारमा विकास निर्माणलाई तीव्रता दिइन्छ : अर्थमन्त्री बराल

बुधबार, २० असोज २०७८, २१ : ४६
बुधबार, २० असोज २०७८

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले जनताको प्रथामिकताको आधारमा विकास निर्माणलाई तिव्रता दिने बताएका छन् । बुधबार पोखरा २२ कालाबाङमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बरालले विकासका अत्यावश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले अभिभावकत्व बहन गर्ने बताएका हुन् । 

उनले विगतका सरकारको समेत स्वामित्व लिँदै आफूहरुले जनताको प्रथामिकताको आधारमा विकास निर्माणलाई तीव्रता दिने मन्त्री बरालले बताए । मन्त्री बरालले पुम्दी भुम्दीको पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणदेखि रणनीतिक महत्वका २ वटा सडक निर्माणलाई प्रदेश सरकारले विषेश महत्व दिएको बताए ।

‘पुम्दी भुम्दीको पर्यटकीय क्षेत्रको बृहत विकासको लागि सरकारले पहिलो प्रथामिकताको आधारमा छोरेपाटनदेखि विश्व शान्ति स्तुपा, कालाबाङ, उल्लेखरी हुँदै कुभिण्डेसम्मको सडक निर्माण थालेको छ । त्यसैगरी छोरेपाटन देखि फुर्सेखोला हुँदै कुभिण्डेसम्म जोड्ने सडकलाई बहुवर्षीय योजनामा समावेश गर्ने छौ ।’

मन्त्री बरालले जीर्ण भएको गुम्बालाई मर्मतसम्भार गरेर प्रयोगमा ल्याउन आवश्यक सहयोग गर्ने बताए । उनले यस क्षेत्रका अन्य पूर्वाधार निर्माणको लागि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारका पालामा प्रस्ताव पेश गरे पनि सुनुवाई नभएको बताउँदै आगामी दिनमा क्रमशः समावेश गर्दै लग्ने आश्वासन दिए ।

कालाबाङ सामुदायिक होमस्टेका अध्यक्ष प्रकाशचन्द्र गुरुङले अघिल्लो सरकारका पालामा यस क्षेत्रको विकासका लागि केही योजना पेश गरे पनि माग पुरा नभएकाले अर्थमन्त्री बरालको कार्यकालमा सम्बोधन हुने विश्वास व्यक्त गरे । 
पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले मन्त्री बरालले मन्त्री हुनु पूर्वदेखि नै पुम्दी भुम्दीको विकासको अगुवाई गर्दै आएको बताए । गुम्बा समितिका सल्लाहकार राजबहादुर गुरुङले आफ्नै गाउँबाट प्रदेशले अर्थमन्त्री मन्त्री पाएकोमा खुशी लागेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप