बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

जनमत पार्टीद्वारा अख्तियारको कार्यालय घेराउ

बुधबार, २० असोज २०७८, २० : ४०
बुधबार, २० असोज २०७८

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेराउ गरेको छ । निर्धारित कार्यक्रमअनुसार महोत्तरीको बर्दिवासस्थित अख्तियारको कार्यालय घेराउ गरिएको सो पार्टीले जनाएको छ ।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनियमितता भएको उजुरीमाथि आवश्यक अनुसन्धान तथा छानविनका लागि दबाब दिँदै अख्तियारको कार्यालय घेराउ गरिएको सो पार्टीका नेता बताउँछन् । प्रदेश सरकारले खरिद गरेको साइकल तथा वितरण प्रक्रियासम्बन्धी फाइलहरू हाल अख्तियारको नियन्त्रणमा छ ।

अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको भन्दै सत्तारुढ जनता समाजवादी पार्टीले अख्तियारको विरुद्धमा आन्दोलनरत रहेको अवस्थामा जनमत पार्टीले अख्तियारको कार्यालय घेराउ गरेर तत्काल छानविन गर्न दबाब सिर्जना गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप