शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा १९७ जनामा कोरोना सङ्क्रमण

बुधबार, २० असोज २०७८, २० : ०४
बुधबार, २० असोज २०७८

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा तराईका तीन जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढी रहेको छ । मोरङमा सबैभन्दा बढी ५०, सुनसरीमा ४३ र झापामा ४५ जनामा सङ्क्रमण भएको छ भने पहाडी तथा मध्यपहाडी जिल्ला धनकुटामा तीन, पाँचथरमा दुई, इलाम र उदयपुरमा एकएक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
    
सोही अवधिमा ८११ जनाको पीसीआर परीक्षण गर्दा १४५ र २२० जनाको ऐन्टिजेन परीक्षण गर्दा ५२ जना गरी कूल १९७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको भनाइ छ । स्थानीय तहअनुसार मोरङको विराटनगरमा ३३, सुन्दरहरैचामा आठ, बूढीगङ्गा र रतुवामाइमा दुई/दुई, पथरी शनिश्चरेमा एक, कानेपोखरी, कटहरी, केराबारी र लेटाङमा एक/एक सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी झापाको भद्रपुरमा ११, कनकाइ र विर्तामोडमा सात/सात, दमक, मेचीनगर र अर्जुनधारामा चार/चार, कमल गाउँपालिकामा तीन, शिवसताक्षीमा दुई, गौरादह, हल्दिबारी र झापा गाउँपालिकामा एक/एक सङ्क्रमित भएका छन् । 

सुनसरीको इटहरीमा २६, धरानमा नौ, इनरुवामा चार, रामधुनीमा दुई, दुहवी र हरिनगरमा एक/एक, धनकुटाको धनकुटामा दुई र पाख्रिबासमा एक, पाँचथरको हिलिहाङमा दुई, इलामको इलाम नगरपालिका र उदयपुरको बेलकामा एक/एक जनामा सङ्क्रमण देखिएको बताइएको छ । प्रदेशमा आजै ७७ पुरुषसहित १५३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप