अष्ट्रेलिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने पक्राउ
बुधबार, २० असोज २०७८, १९ : ५९
नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छु भनी रु १२ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालिको सञ्चालक रहेको बताउँदै अष्ट्रेलिया पठाइदिन्छु भनी रु १२ लाख ठगी गर्ने विराटनगरका ४१ वर्षीय मणि निरौलालाई मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ निरौलाले म्याग्दी घर भई टोखा नगरपालिका बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारेर उक्त रकम ठगी गरेका थिए । निरौलाले सञ्चालन गरेको एजुकेशन प्रालि हाल बन्द रहेको पाइएको छ । पक्राउ निरौलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा बलात्कार गरेर फरार युवक सिन्धुलीबाट पक्राउ
-
अस्ट्रेलियामा सातौँ तलाबाट खसेर नेपाली नर्सको मृत्यु
-
आर्मीसँग ७६ रनले पछि परे पनि बागमतीद्वारा पाली समाप्तिको घोषणा
-
लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव पोखरेल पक्राउ
-
कोशी प्रदेश लगानी सम्मेलन सर्यो, आगामी वैशाख १८ र १९ गते हुने
-
लक्ष्मी सन्राइज बैंकले ५ प्रतिशत बोनस शेयर वितरण गर्ने