बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

ह्वावेले सुरु गर्यो ‘सिड्स फर फ्यूचर’ कार्यक्रम, आईटीका विद्यार्थीलाई अनलाइन प्रशिक्षण दिने

बुधबार, २० असोज २०७८, १९ : ४८
बुधबार, २० असोज २०७८

चिनियाँ कम्पनी ह्वावेले नेपाली आईटीका विद्यार्थीलाई प्रशिक्षण दिने भएको छ । कम्पनीले ‘सड्स फर फ्यूचर’ योजना अन्तर्गत २० जना नेपाली विद्यार्थीलाई अनलाइन प्रशिक्षण दिने भएको हो ।

अनलाइनबाटै प्रशिक्षण लिनका लागि आईटी पढ्दै गरेका विद्यार्थीले आजदेखि नोभेम्बर ७ सम्ममा अनलाइन आवेदन दिन सक्नेछन् । प्रशिक्षण २९ नोभेम्बर देखि ६ डिसेम्बरसम्म चल्ने छ । आवेदकनका लागि अन्डर ग्राजुएट विद्यार्थीले कम्पतीमा ३.० जीपीए ल्याएको हुनुपर्ने, अंग्रेजी भाषामा राम्रो ज्ञान हुनुपर्ने र टेलिकम र सूचना तथा प्रविधि क्षेत्रमा रुची हुनुपर्ने बताइएको छ ।

कम्पनीले विश्वभर सञ्चालन भइरहेको यो कार्यक्रम नेपालमा पनि सञ्चालन गरिएको आज आयोजित कार्यक्रममार्फत जानकारी दिएको छ । यस कार्यक्रमले आईटीका अन्डर ग्राजुएट विद्यार्थीले सूचना तथा प्रविधि क्षेत्रमा ज्ञान लिन सक्ने कम्पनीको भनाइ छ ।

कार्यक्रममा सहभागी बन्नका लागि www.seedsnepal.com मा गएर आवेदन दिन सकिने कम्पनीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप