बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

युवासँग 'महालक्ष्मी लाइफ कार्यक्रम' सम्पन्न

बुधबार, २० असोज २०७८, १९ : ०२
बुधबार, २० असोज २०७८

बेनी । युवाहरुलाई बिमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा जागरण अभियान अन्तर्गतको ‘युवासँग महालक्ष्मी लाइफ कार्यक्रम’ सम्पन्न गरेको छ । कम्पनीले म्याग्दीको बेनी र बागलुङ बजारमा कार्यक्रम सम्पन्न गरेको हो । 

आज विहान बेनी सामुदायिक माध्यमिक विद्यालयमा संचालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरुलाई कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

यसै क्रममा असोज १९ गते धौलागिरी बहुमुखि क्याम्पस बागलुङमा पनि युवासँग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप