आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा पनि प्रहरी दिवस मनाइयो

बुधबार, २० असोज २०७८, १८ : ३०
बुधबार, २० असोज २०७८

गण्डकी प्रदेशको राजधानी पोखरामा पनि प्रहरी दिवस मनाइएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले देश र जनताको सेवामा समर्पित रहँदाको अवस्थामा प्राण उत्सर्ग गर्ने अमर प्रहरीको उच्च कदर गदै प्रहरी दिवस मनाएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतामा अमर प्रहरी प्रति श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपाल प्रहरी भौतिक स्रोत साधन तथा जनशक्तिको अभावका बाबजुत पनि देश र जनताको सेवामा भएकोमा उच्च प्रशंसा गरे । उनले स्रोत साधनको अभावमा नेपाल प्रहरीले उल्लेख्य कार्य गरेको बताउदै आगामी दिनमा समेत जनतालाई नै केन्द्रविन्दुमा राखेर उच्च मनोवलका साथ कार्यसम्पादन गर्न आग्रह गरे । मुख्यमन्त्री पोखरेलले सरकारले प्रदेश प्रहरीको समुन्नत विकासका लागि आवस्यक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले विभिन्न समस्याका बावजुद नेपाल प्रहरीको सिर उच्च राख्दै देश र जनताको पक्षमा जीवन उत्सर्ग गर्ने प्रहरी प्रति सम्मान ब्यक्त गरे । कार्यक्रमका अमर प्रहरीका आश्रित परिवारलाई कदरपत्र र नगद रकम सहित सहयोग पु¥याउने विभिन्न संघ संस्था, उत्कृष्ट प्रहरी कार्यालयसहित उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई समेत नगद पुरस्कार तथा कदर पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव डा.दामोदर रेग्मी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति डा.डुक बहादुर क्षेत्री, प्रदेशका मुख्य न्यायाधिवक्ता प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप