आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

क्रान्तिकारी ट्रेड युनियनको ४५ सदस्यीय केन्द्रीय समिति गठन

बुधबार, २० असोज २०७८, १८ : १८
बुधबार, २० असोज २०७८

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले बिनोद थापाको नेतृत्वमा केन्द्रीय समिति गठन गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी महासंघले थापाको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय समिति गठन गरेको जानकारी दिएको हो । असोज १६ देखि १८ गते काभ्रेमा सम्पन्न सातौं राष्ट्रिय सम्मेलनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको अध्यक्ष थापाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नवनिर्वाचित केन्द्रीय अध्यक्ष थापाले नेपालको कानुन श्रमिकको विरुद्धमा भएको बताए । पुँजीपति वर्गको शोषणमा पिसिँदै आएको लाखौ श्रमिक वर्गको उचित ज्याला ट्रेड युनियनले हक र सामाजिक संस्थाको ग्यारेन्टी, श्रमिकहरुको पेशागत तथा राजनैतिक हक अधिकारलाई केन्द्रमा राखेर आफूहरुले सम्मेलनको आयोजना गरेको जानकारी दिए ।

उनले योगदानमा आधारित सामाजिक सुरक्षा योजना ऐनका श्रमिक हितबिरोधी प्रावधानहरु श्रम ऐन २०४८ को दफा १४७ तत्काल खारेज गर्न र सोही ऐनको दफा १४५ माथि ध्यानाकृष्ट गर्दै विद्यमान रुपमा रहेको ट्रेड युनियन कानुन २०४९ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ मा रहेका श्रमिक हितविरोधी प्रावधान हटाउन बिद्रोहको लहर सिर्जना गर्ने उद्देश्यसमेत उक्त सम्मेलनले लिएको स्मरण गराए । 

मजदुर विरुद्धका सरकारका प्रत्येक कदमलाई ट्रेड युनियनले असहयोग गर्ने उनले चेतावनी दिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप