आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ब्राजिली फुटबलरमाथि हत्या प्रयासको अभियोग, रेफ्रीको टाउकोमा हानेका थिए लात्ती

बुधबार, २० असोज २०७८, १७ : ५९
बुधबार, २० असोज २०७८

ब्राजिली फुटबलर विलियम रिबेइरोमाथि हत्या प्रयासको अभियोग लागेको छ । सोमबार सम्पन्न खेलका दौरान रेफ्रीको टाउकोमा उनले पहिले टाउकोले प्रहार गरेका थिए । रेफ्री मैदानमा ढलेपछि फेरि टाउकोमा लात्ती हाने । 

साओ पाओलोका रेबिइरोले गुआरानी विरुद्धको खेल चलिरहेको ६० मिनेटमा यस्तो खराब हर्कत गरेका हुन् । टाउकोमा लात्ती लाग्नासाथ रेफ्री रोड्रिगो क्रिभेलारो बेहोश भएका थिए, त्यसपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो । त्यस्तै खेल पनि स्थगित भयो । 

रेफ्री क्रिभेलारो मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् र उनको अवस्था सामान्य छ । तर, अब रेबिइरोमाथि ब्राजिली अदालतमा हत्या प्रयासको गम्भिर अभियोगमा मुद्दा चलेको छ ।  रेबिइरोलाइ छानविन अवधिसम्म जेलमै राख्ने वा रिहा गर्ने भन्ने  फैसला न्यायाधीशले नै गर्ने छानविनकर्ता भिनिसियस एस्सिनोले जनाए । 

खेलमा रेबिइरोको टोली १–० ले पछि थियो । तर, एक्कासी किन रेबिइरो आक्रोशित भए भन्ने स्पष्ट छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप