शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘माया पिरेम’ को भिडियोमा साम्राज्ञी

बुधबार, २० असोज २०७८, १७ : ५५
बुधबार, २० असोज २०७८

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो ‘माया पिरेम’ सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमका बिच भिडियो सार्वजनिक गरिएको हो ।  चर्चित गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वर, डिपी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।

गीतको भिडियोमा साम्राज्ञीको अलवा अलिशा शर्मा र नव–कलाकार देलविस दर्शनधारी, राज रोहन तुम्बाहाङ्फेको अभिनय छ ।  थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो निर्माण र साम्राज्ञीको अभिनय सामान्य छ । माइकल चन्दको निर्देशक रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र शिलोन लम्सालको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप