दसैँमा घर फर्कने सैनिक परिवारले नि:शुल्क गाडी र हेलिकोप्टर चढ्न पाउने !
दसैँमा शहरबाट कसरी घर फर्कने भन्ने सर्वसाधारणमा चिन्ता हुन्छ । तर नेपाल सेनाले भने आफ्ना सैनिक र तिनमा आश्रित परिवारजनलाई दसैँमा घर जानका लागि नि:शुल्क गाडी र हेलिकोप्टरबाट सेवा गर्ने घोषणा गरेको छ ।
सेनाको कल्याणकारी सुविधाअन्तर्गत घर बिदामा जाने बहालवाला सैनिक र उनीहरुका परिवारलाई सो सुविधा दिइएको हो । प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो पद बहालीसँगै सकल दर्जा र आश्रित परिवारलाई कल्याणकारी सुविधा थप गर्ने घोषणा गरेका थिए ।
नेपाली सेनाले दसैँमा आफ्नो गाउँ फर्कन चाहने सैनिकका आश्रित परिवारलाई बस र हेलिकप्टरबाट निशुल्क रुपमा पठाउन थालेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । असोज १८ देखि नै सेनाका आश्रित परिवारलाई गाडी र हेलिकप्टरमा पठाउन शुरु गरिएको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालले रातोपाटीलाई बताए । यस्तो सहुलियतपूर्ण यातायात सुविधा असोज २९ गतेसम्म जारी राख्ने उनले बताए ।
जंगी अड्डाले सडकको सहज पहुँच नपुगेका डोल्पा र हुम्ला जस्ता जिल्लामा हेलिकप्टरबाट सेनाका आश्रित परिवारलाई घर पठाएको छ । अहिलेसम्म हवाई उडानमार्फत ८६ र गाडीबाट ५२० जनालाई गन्तव्यमा लगिएको सैन्य प्रवक्ता पौड्यालले बताए निशुल्क यातायात सुविधा काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यका बाहिरबाट काठमाडौं फर्किन चाहने सैनिक परिवारले प्रयोग गर्ने पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा प्रधानमन्त्री ओलीको अनावश्यक चासो, विधेयक ‘होल्ड’ गराउने तयारी !
-
सरकारका कमजोरीलाई स्वस्थ खबरदारी गर्न मुख्यमन्त्री कँडेलको आग्रह
-
विप्लवका पाँच सन्देश
-
गण्डकी प्रदेशमा पुस ९ भित्र खेलाडीले आफूलाई दर्ता गर्नुपर्ने
-
टोखाको आगलागी नियन्त्रणमा
-
सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने