आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘असोज २० पछि राप्रपाको जिल्ला अधिवेशन गरे मान्य नहुने’

बुधबार, २० असोज २०७८, १७ : ३१
बुधबार, २० असोज २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीले असोज २० पछि जिल्ला अधिवेशन नगर्न जिल्ला निर्वाचन समितिहरुलाई निर्देशन दिएको छ । राप्रपाले आगामी कार्तिक २७ हुने महाधिवेशनलाई मध्यनजर गर्दै असोज २० गतेसम्म मात्रै जिल्ला अधिवेशन गर्न भनेको हो । सो पार्टीका केन्द्रीय निर्वाचन समितिका अध्यक्ष हरिबहादुर बस्नेतले बुधबार विज्ञप्ति जारी गर्दै असोज २० पछि कसैले जिल्ला अधिवेशन गरे मान्य नहुने चेतावनी समेत दिएका छन् ।

‘महाधिवेशनलाई मध्यनजर राख्दै जिल्ला तहसम्म गर्ने अवधि २०७८ असोज २० गते सम्म थप भएकोमा सो बमोजिम जिल्ला अधिवेशन हुँदै आएकोमा सो मिति आजसम्म मात्रै भएको व्यहोरा अनुरोध गर्दै अर्को मिति नतोकिए सम्म २०७८ असोज २० गते उपरान्त जिल्ला अधिवेशन नगर्न/नगराउन सम्बन्धित सबै राप्रपा जिल्ला निर्वाचन समितिहरुलाई अनुरोध गर्दै  यो  विज्ञप्ति जारी गरिएको छ र कसैले गरेको पाइएमा मान्य नहुने व्यहोरा जारी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप