
थप १०४३ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १२ जनाको मृत्यु भएको छ । १५४६५ जनामा गरिएको नमुनामा परीक्षणमा १०४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै निको भएर २४ घण्टामा ८९१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार यसबेला देशभर १६१९४ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना गरी उपत्यकामा ४४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ