शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा दोस्रो दिन ६८ अंक माथिको सुधार, कारोबार रकम साढे चार अर्बमा उक्लियो

बुधबार, २० असोज २०७८, १७ : २२
बुधबार, २० असोज २०७८

गत मंगलबार ४१ अंक माथिले बढेको सेयर बजार परिसूचक नेप्से आज बुधबार पनि अधिकतम ६८ अंक माथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ६८.४७ अंकले बढेर २६ सय ८१.१० विन्दुमा पुगेको हो । 

गत मंगलबार नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६ सय १२.६५ बिन्दुमा रोकिएको थियो ।  नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२.७२ अंकले बढेर ५०४.७३ बिन्दुमा उक्लिएको छ । 
यस दिन सबै जसो समूह धनात्मक (पोजेटिभ) भएर बजार नै हरियाली छाउँदा कारोबार रकम भने साढे चार अर्बको भएको छ । 

नेप्सेका अनुसार आज कुल २२७ कम्पनीको ८ करोड १८ लाख कित्ता माथिको सेयर बजारमा ५५ हजार ३८५ पटक किनबेच हुँदा कुल चार अर्ब ५० करोडको कारोबार भएको हो ।  गत मंगलबार ४१ अंकले बढेको बजारमा जम्मा दुई अर्ब ९९ करोडको कारोबार भएको थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप