आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रमजीवी पत्रकारको पक्षमा महासंघ आन्दोलनमा

बुधबार, २० असोज २०७८, १७ : १५
बुधबार, २० असोज २०७८

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन कार्यन्वयनको माग राख्दै चरणबद्ध आन्दोलन थालेको छ । आन्दोलन अन्तर्गत महासंघले पहिलो दिन बुधबार काठमाडौको माइतीघरमा प्रदर्शन गरेको छ । सञ्चारमाध्यमहरुमा लामो समयदेखि श्रम समस्या रहेको छ ।

पत्रकार तथा सञ्चारकर्मीहरूलाई लामो समयदेखि तलब नदिने, घटुवा गर्ने, संस्थाबाट निकाल्ने गरेकाले त्यस्ता संस्थालाई दबाब दिन आन्दोलन शुरू गरेको महासंघले जनाएको छ ।

श्रमसँग सम्बन्धित पारिश्रमिक नपाएका पत्रकार र उनीहरुले काम गर्ने संस्था तथा आवश्यक पर्दा मिडिया मालिकहरुको घरसम्म पुगेर उनीहरुलाई दबाब दिने महासंघको भनाइ छ । पत्रकारहरूका माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने महासचिव रोशन पुरीले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप