सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस पदाधिकारी बैठक बालुवाटारमा : मन्त्रिपरिषद विस्तारबारे छलफल

बुधबार, २० असोज २०७८, १७ : ००
बुधबार, २० असोज २०७८

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा बिहीबार हुने मन्त्रिपरिषद विस्तारबारे छलफल भएको बुझिएको छ ।  बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्षबाट मन्त्री हुनेहरुको नाम समेत दुई  नेताले प्रधानमन्त्री समेत रहेका देउवालाई बुझाएका छन् ।

यसअघि आजै पौडेल पक्षले आफ्नो समुहका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको नामबारे छलफल गरेको थियो । बैठकमा सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक.क कोइराला, नेता कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत लगायतका नेताहरु सहभागी छन् । प्रधानमन्त्री देउवाले बिहीबार मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप