आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले नेपाललाई थप १० लाख मात्रा सिनोभ्याक खोप अनुदानमा दिने

बुधबार, २० असोज २०७८, १५ : ३१
बुधबार, २० असोज २०७८

चीन सरकारले कोरोनाविरुद्धको सिनोभ्याक खोप नेपाललाई अनुदान सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा थप १० लाख मात्रा सिनोभ्याक खोप अनुदान सहयोग गर्ने बताएकी हुन् ।

भेटवार्तामा सिनोभ्याक खोप नेपाल ल्याउनेबारे छलफल भएको थियो । यस्तै चीन सरकारले नेपाली सेनाका लागि पनि थप तीन लाख मात्रा खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।  चीन सरकारले कोरोना महामारीको तेस्रो लहरसँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार निमार्णका लागि पनि ९ करोड २४ लाख रुपैयाँ समेत सहयोग गर्ने भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप