मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

रौतहटको सीमा नाका खुल्यो

बुधबार, २० असोज २०७८, १५ : ००
बुधबार, २० असोज २०७८

विगत करिब डेढ वर्षदेखि बन्द रहेको भारतसँग जोडिएको रौतहटको सीमा नाका आजदेखि खुला भएको छ । नेपाल सरकारले सबै नाका खोल्ने निर्णय गरे पनि एसएसबीको अवरोधका कारण बन्द रहेको रौतहटको सीमा नाका आजदेखि पूर्ण रुपमा खुला भएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र भारतीय सुरक्षा अधिकारीबीच पटकपटकको संवादपछि बुधबारदेखि गौर नाका खुला भएको हो । बुधबार जिल्ला भन्सार कार्यालय गौरले भारतीय नम्बरका गाडीको राजस्व संकलन समेत सुरु गरेको छ ।

भारतीय नाका खुलेसँगै दैनिक सयौं मानिस गौर–बैरगनिया पैदल आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । कोरोना महामारीको कारण सरकारद्वारा लकडाउन घोषणासँगै २०७६ चैत ११ गतेदेखि भारतीय सीमा नाका बन्द थियो । चाडपर्वको मुखमा सीमा नाका खुला भएपछि स्थानीयवासी उत्साहित भएका छन् । चाडपर्वमा कपडा, किराना लगायत आवश्यक सामान खरिद गर्न रौतहटका अधिकांश जनता सीमावर्ती बजारमा निर्भर रहन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप