दोस्रो प्रकाश दाहाल बक्सिङ प्रतियोगिता कार्तिक २९ देखि
दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुने भएको छ । बुधबार नेपाल बक्सिङ संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिताबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले प्रतियोगितामा देशभरका क्लब, जिल्लाहरूबाट सहभागी हुने खेलाडीहरु यसअघि नेपाल बक्सिङ संघको आयोजनामा भएका राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा सहभागी बनेको हुनुपर्ने बताए ।
प्रतियोगिता आईबाको नियमानुसार खेलाइने बताउँदै प्रवक्ता अवालेले आईबाका नियमानुसार भएका पुरुष तथा महिलाको सम्पूर्ण तौल समूहमा खेल हुने जानकारी दिए । पुरुषतर्फ ४८,५१,५४,५७,६०,६३,६५,६७,७१,७५,८०,८६,९२ र त्यो भन्दा माथिको उमेरसमूहमा खेल हुनेछन् भने महिला तर्फ ४८,५०,५२,५४,५७,६०,६३ र ६६ किलो तौल समूहमा खेल खेलाइनेछ । प्रत्येक तौल समूहमा कम्तिमा १० हजार नगर पुरस्कार दिने भनिएको भएपनि प्रायोजक बढेको खण्डमा त्यो भन्दा धेरै पुरस्कार दिइने व्यवस्था रहेको उनले बताए ।
प्रवक्ता अवालेले कोरोना भाइरसको जोखिम कायमै रहेको अवस्थामा नेपालमा खेलकुद क्षेत्रमा परेको असरलाई समाधान गर्न नेपाल बक्सिङ संघले खेलकुदका गतिविधि सञ्चालन गर्न लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई फिर्ता पठाउन किन सैन्य विमान प्रयोग गरिरहेको छ ?
-
संघीयताको लाभ सबैभन्दा धेरै दुर्गम क्षेत्रहरूले लिएका छन् : वर्षमान पुन
-
राष्ट्रिय प्रजातान्त्रिक युवा संघगठनको महाधिवेशन चैतमा
-
सांसदहरूको निचोड : अस्तव्यस्त देखियो, धेरै ठाउँका छोटी भन्सार बन्द गर्नुपर्छ
-
नेविसंघ शेखर समूहद्वारा स्ववियु तयारी विद्यार्थी भेला सम्पन्न
-
आवासीय चिकित्सकहरूको आन्दोलनमा विभिन्न संस्थाको ऐक्यबद्धता