बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आगलागीमा परी चार बालबालिकासहित ७ जनाको जलेर मृत्यु

बुधबार, २० असोज २०७८, १३ : २४
बुधबार, २० असोज २०७८

अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् ।

विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको भए पनि आगलागीको कारण भने थाहा भएको छैन । प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप