शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा एक युवती मृत फेला

बुधबार, २० असोज २०७८, १३ : १९
बुधबार, २० असोज २०७८

सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनि मन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा भेटिएका छन्  ।  रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको २० वर्षीया छोरी चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घाँस काट्न गएका स्थानीयवासीले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयवासीले जनाएको छ  । मृतक युवतीको पहिलादेखि नै मानसिक सन्तुलन  ठीक नरहेको भन्दै आफैं रूखमा झुन्डिएको हुन सकिने बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । मानसिक रोगी चाँदनी गत शनिबारदेखि घरबाट बेपत्ता भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप