ओस्कारका लागि नेपाली फिल्मको आवेदन खुल्ला
९४ औं द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेज (अस्कार)मा नेपालको तर्फबाट सहभागी फिल्मका लागि आवेदन खुल्ला गरिएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले एक विज्ञप्तिमार्फत आवेदन खुल्ला भएको जनाएको हो ।
अवार्डका लागि १९ असोजदेखि २ कात्तिकसम्म एकेडेमीले तोकेका सबै मापदण्ड सहित फिल्म दर्ता गराउनुपर्नेछ । सन् २०२२ मार्च २७ तारिख आइतबारका दिन अमेरिकाको लस एन्जेलस्को डल्बी थिएटरमा ९४ औं एकेडेमी अवार्ड (द अस्कर अवार्ड) प्रदान गरिँदैछ । हरेक वर्ष फेब्रअरीमा हुँदै आएको यो अवार्ड यसपटक कोरोना महामारीका कारण एक महिना ढिला आयोजना हुन लागेको हो । महामारीका कारण रिलिज हुन नसकेको फिल्मका लागि पनि यो साल अस्कर अवार्ड केही लचिलो बनेको छ ।
पहिले फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल कोरोनाका कारण हल बन्द भइ रिलिज हुन नसकेका फिल्मले समेत ओस्कारको प्रतिस्पर्धामा सामेल हुन पाउने भएका छन् । ओस्कारका लागि नेपाली फिल्म छनोट गर्ने समितिको अध्यक्ष विमल पौडेल छन् भने राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय लगायतको समिति छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना