भारतकै ठूलो टेलिकम कम्पनीको मोबाइल सेवा डाउन
बुधबार, २० असोज २०७८, १२ : ५६
फेसबुक, ह्वाइटसएप र इन्टाग्रामपछि भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी रिलायन्स जियोको नेटवर्क डाउन भएको छ । यही कारण, भारतका धेरै राज्यमा जियोका ग्राहक हैरान छन् । बुधबार बिहान साढे ९ बजेदेखि नेटवर्कमा समस्या आएको हो । मध्यप्रदेश, छत्तीसगढ, महाराष्ट्रसहित धेरै राज्यमा मोबाइलमा समस्या देखिएको छ । त्यहीकारण सोसल मिडिया ट्वीटरमा जियो डाउन शीर्षक ट्रेन्डिङमा छ ।
भारतीय दूरसञ्चार नियामक प्राधिकरणको आँकडाअनुसार रियालन्स जियोका ४० करोड ४० लाख ग्राहक छन् । यसअघि सोमबार फेसबुक, ट्वीटर र इन्टाग्रामको सेवा घण्टौंसम्म अवरुद्ध भएको थियो । एकैपटक विश्वका तीन ठूला सामाजिक सञ्जाल प्लेटफर्म अवरुद्ध भएको यो पहिलो पटक थियो । यही कारण फेसबुकको शेयरमा ठूलो गिरावट आयो । यद्यपी, अहिले यी सामाजिक सञ्जालहरु सुचारु भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’
-
पर्यटन विकासका लागि निगमको स्तरोन्नति र स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव
-
१० बजे १० समाचार : एमाले बैठकमा भीम रावलमाथिको कारबाहीबारे उठ्यो प्रश्न, रविविरुद्ध काठमाडौँमा पनि मुद्दा
-
विपद् प्राधिकरणको राष्ट्रिय परिषद्को बैठक सम्पन्न, सोमबार निर्णय सार्वजनिक गरिँदै