शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपालका चिनी उद्योगको भविष्य संकटमा

बुधबार, २० असोज २०७८, ११ : २९
बुधबार, २० असोज २०७८

विदेशबाट आयातित चिनीले गर्दा नेपालका उद्योगहरु संकटमा परेको उद्योगीहरुले बताएका छन् ।  नेपालमा हाल ८–१० वटा चिनी उद्योग सञ्चालनमा छन् । कतिपय उद्योग विगत २ वर्षदेखि बन्द रहेका र यो वर्ष चलाउने तयारीमा देखिन्छन् । करिब–करिब चिनी उत्पादनमा आत्मनिर्भर हुन लागेको देश फेरि आयात गर्नुपर्ने अवस्था पुग्न लागेको छ । 

दर्ता उद्योगको संख्या १५–१६ भएपनि विभिन्न समस्याले गर्दा बन्द भएको चिनी उत्पादक महासंघका राजकुमार अग्रवालले रातोपाटीलाई बताए ।  खुला सीमानाका कारण ब्राजिलबाट आएको चिनी भारत हुँदै नेपालसम्म तस्करी हुने गरेको र भारतमा उत्पादित चिनी समेत नेपालमा तस्करी हुने गर्दछ ।  भारतीय चिनीको लागत मुल्य कम भएकाले करिब ६५ नेपाली रुपैया पर्दछ । नेपालका चिनी उपभोक्ताले हाल ९० रुपैया हाराहारी तिर्दै आएका छन् । 

एउटा उद्योग स्थापित हुन कच्चा पदार्थ आवश्यक पर्दछ । उखु चिनी उद्योगको लागि चाहिने कच्चा पदार्थ हो तर, नेपालमा पर्याप्त उत्पादन छैन,  इन्दुशंकर चिनी उद्योग सर्लाहीका प्रोडक्सन म्यानेजर गिरिराज निरौला भने ।  उद्योगलाई चाहिनेजति उखु नहुँदा र क्षमताअनुसार चलाउन नपाउँदा करोडौं रुपैयाँ नोक्सानी हुने गरेको उद्योगीहरुको भनाइ छ । 

इस्टन सुगर मिल प्रालि सुनसरीका कार्यकारी निर्देशक पीके झाकाअनुसार २५ हजार क्विन्टल प्रतिदिन उखु क्रसिङ गर्ने मिलले उखु अभावमा ५ हजार क्विन्टल पनि दैनिक क्रसिङ गर्न पाइरहेका छैनन् ।
उद्योगले समयमै किसानलाई  भुक्तानी दिन नसक्दा उखुबाली छोडेर किसान केरा खेती र अन्य बाली लगाउन थालेका छन् । 

नेपालमा लाखौं संख्यामा रहेमा उखु किसान उन्नत जातको बीउ, मल र प्रविधिको अभावका कारण पेशा परिवर्तन गर्ने मनसायमा रहेको देखिन्छन् । एउटा उद्योगसँग न्युनतम ३ हजारदेखि ठुलो उद्योगमा १२ हजारसम्म उखु किसान आबद्ध हुने गरेका छन् ।  चिनी उद्योगबाट निस्कने सह उत्पादनहरु समेत धेरै भएकाले अहिलेसम्म मुस्किलले चलेको उद्योगीहरु बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप