मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

निष्पक्ष अनुसन्धानमा प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो विश्वास छ : प्रधानमन्त्री

बुधबार, २० असोज २०७८, ११ : ००
बुधबार, २० असोज २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष अनुसन्धानमा प्रहरीले सम्झौता नगर्नेमा आफ्नो विश्वास रहेको बताएका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्रीले भने, ‘निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिनुको साथै दण्डहीनता अन्त्य गर्दछ ।’

अपराधका नयाँ शैलीप्रति प्रहरी चनाखो हुन जरुरी रहेको भन्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीमा संक्रमण फैलिन नदिन प्रहरीले गरेको योगदानको प्रशंसा गरेका छन् । उनले भने–‘कोरोना महामारीको यस घडीमा संक्रमण फैलिन नदिन प्रहरी कर्मचारीले अनवरत रुपमा गरेको योगदानको उच्च प्रशंसा गर्न चाहन्छु ।’

कार्यक्रमलाई संवोधन गर्दै देउवाले भने, ‘प्रहरी कर्मचारीहरु परिस्थितिको पर्वाह नगरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनका खटिने विश्वास लिएको छु ।’ प्रधानमन्त्रीले सरकार अमर प्रहरीका परिवारको साथमा रहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप