शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

मन्त्री छान्न माओवादी बैठक बस्दै

बुधबार, २० असोज २०७८, १० : ५०
बुधबार, २० असोज २०७८

नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा पठाउने थप मन्त्रीहरुका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकार विस्तारका बारेमा छलफल हुने स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

‘विभिन्न समसामयिक विषयमा छलफल हुन्छ । त्यसमा पनि खासगरी आज सरकारकै विषयमा छलफल केन्द्रीत हुन्छ’, गजुरेलको भनाइ छ । गठबन्धन सरकारमा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय पाइसकेको छ । यो पार्टीले अव बढीमा चार मन्त्री पठाउनेछ । माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले बैठकमा समसामयिक राजनीतिका साथै पार्टीका विभिन्न विभाग, आयोग, मञ्च लगायतको पूर्णता दिनेबारे छलफल हुने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप