शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–बंगलादेश दुईपक्षीय व्यापारमा सहजीकरण गरिने

बुधबार, २० असोज २०७८, १० : ४८
बुधबार, २० असोज २०७८

नेपाल चेम्बर अफ कमर्स र नेपालका लागि बंगलादेशी राजदूत सलाहुद्धिन नोमन चौैधरीबीच भेटघाट भएको छ । बंगलादेशका राजदूत चौधरीसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भेटेका हुन् । अध्यक्ष मल्लले नेपाल र बंगलादेश भौगोलिक रुपले धेरै नजिक भएता पनि दुई मुलुकबीच अपेक्षित रुपमा व्यापार सम्वन्धमा बढ्न नसकेको बताए । सार्क र बिमस्टेक जस्ता बहुपक्षीय फोरमहरूमा नेपाल तथा बंगलादेश एक अर्कालाई सहयोग गर्दै आइरहेको बताए । 

अध्यक्ष मल्लले नेपाल र बंगलादेशबीच आर्थिक सम्वन्ध वृद्धि गर्न प्रसस्त संभावना रहेको बताए । उनले विभिन्न व्यापार मेलामा द्विपक्षीयको सहभागिता, व्यापार प्रतिनिधि मण्डलको भ्रमण र हवाई सम्पर्क तथा बंगलादेशमा नेपाली मालवस्तुको आयातमा सुविधा युक्त प्रवेश भएमा दुई मुलुकबीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउने बताए ।

नेपाल र बंगलादेशवीच, सडक तथा रेल्वेको माध्यमबाट पनि सोझै आयात तथा निर्यात गर्न सकिने भएकोले यसतर्फ दुवै मुलुकले संयुक्त रुपले पहल गरिनु पर्ने मल्लको भनाई थियो । भेटमा  राजदूत चौधरीले नेपाल भौगोलिक रुपले बंगलादेशको तेश्रो निकटतम मुलुक भएको दर्शाउदै यो निकटता आर्थिक सम्वन्धमा प्रतिविम्बित हुन नसकेको बताए । बंगलादेशले नेपालबाट आयात गर्न सकिने वस्तु महंगोमा तेश्रो मुलुकबाट आयात गरेको बताउँदै नेपाली माल वस्तुको आयातमा सुबिधा युक्त प्रवेशको लागि सम्वन्धित निकायमा छलफल गरिने बताए । 

बंगलादेशले तयारी पोशाक तथा औषधीको उत्पादनमा विशिष्टता हाशिल गरि सकेको हुँदा सो क्षेत्रमा बिदेशी लगानी आउन सक्ने संभावना बताउनु हुँदै सोको लागि सुविधायुक्त बिशेष आर्थिक क्षेत्र उपलब्ध हुनु पर्ने र उर्जा क्षेत्रमा पनि बंगलादेशले लगानी गर्ने सम्भावना रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप