लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयक ल्याउने
लुम्बिनी प्रदेश सरकारले बजेट प्रतिस्थापनका लागि विधेयक ल्याउने भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिस्थापन विधेयक ल्याउन स्वीकृति प्रदान गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काका अनुसार आजै बस्ने प्रदेशसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस गर्ने कार्यसूची छ । एमाले नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई विस्थापित गरी नयाँ बजेट ल्याउने सन्दर्भमा मन्त्रिपरिषदले सहमति प्रदान गरिसकेको उनले बताए ।
उनका अनुसार अघिल्लो सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश खारेजीका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने र बजेट सम्बन्धी विधेयकहरु प्रदेश सभामा पेस गर्ने गरी मन्त्रिपरिषदले स्वीकृति प्रदान गरेको हो ।
यद्यपि प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रदेश सभामा नियमित अवरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र वेष्ट इन्डिज ‘ए’बिचको अन्तिम खेल आज
-
अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै
-
केकेआरसँग मुम्बइ इन्डियन्स पराजित, इन्डियन्सको प्लेअफ पुग्ने सम्भावना लगभग सकियो
-
डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता
-
कोशीको किचलो : बजेट निर्माण गर्ने कि सरकार फेरबदल ?
-
डीभीको नतिजा आज, यसरी हेर्नुहोस्