सिके राउतको पार्टीले प्रदेश २ को अख्तियार घेराउ गर्ने
काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालय घेराउ गर्ने भएको छ ।
प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि त्यसको कारवाही प्रकृया चाँडै अगाडि बढाउन दबाव दिन सो घेराउ कार्यक्रम आयोजना गरिएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए । उनले भने, ‘छापा मारेर मात्र हुँदैन, त्यसको छानविन गरी दोषीमाथि कारवाही हुनुपर्छ ।
घेराउ कार्यक्रम केन्द्रीय सचिवालयबाटै आयोजना गरे पनि कार्यक्रममा धनुषा, महोेत्तरी जिल्लाका जिल्ला कमिटीका सदस्य, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने उनले बताए ।
बेटी बचाउ, बेटी पढाउ अभियानअन्तर्गत साइकल वितरण कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारले असोज १३ गते प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । छापा मारेको विरोधमा जनता समाजवादी पार्टी नेपालले जुलुस निकालेको थियो ।
सिके राउतको पार्टीले भने मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै आन्दोलन सुरु गरेकोे छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या