शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा प्रहरी प्रधान कार्यालयमा जाँदै

बुधबार, २० असोज २०७८, ०८ : १६
बुधबार, २० असोज २०७८

प्रधानमन्त्री शेर बहादुर देउवा नक्सालस्थित प्रहरीको हेडक्वार्टरमा जाने भएका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यहाँ जान लागेका हुन् । 

कोभिड–१९ संक्रमणका कारण नेपाल प्रहरीले थोरै अतिथिहरूको सहभागितामा प्रहरी दिवस मनाउने तयारी गरेको छ । कार्यक्रम स्थलमा सामाजिक दुरी लगायत स्वास्थ्य प्रोटोकल पूर्ण पालना गरेर प्रहरी दिवस मुल समारोहको तयारी गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप