शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३३ कलाकारको प्रत्यक्ष कला प्रदर्शन

बुधबार, २० असोज २०७८, ०६ : १९
बुधबार, २० असोज २०७८

यही असोज २१ गते  ३३ नेपाली कलाकारले एकै स्थानमा प्रत्यक्ष कला प्रदर्शन गर्ने भएका छन् । म्युजियम अफ नेपाली आर्टले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै क्यान्सर रोग पीडित  बालबालिकालाई सहयोग होस् भन्ने उद्देश्यले प्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।

किरण मानन्धर, लोक चित्रकार, गोपाल कला प्रेमी, समुन्द्रमान सिंह, राजप्रकाश तुलाधरलगायत ३३ कलाकारले आधुनिक कला पस्कने  छन् । 

आयोजक संस्थाका प्रमुख राजन शाक्यले नेपाललाई कला गन्तव्यका रूपमा पहिचान दिनु र अन्तर्राष्ट्रिय बजारमा नेपाली कलाको विशेषताबारे जानकारी दिनु पनि कार्यक्रमको उद्देश्य रहेको बताए ।

काठमाडौँ गेस्ट हाउस ठमेलमा एक दिन मात्र हुने उक्त प्रत्यक्ष कला प्रदर्शनीमा बनाइएका कलाकृतिलाई एउटा पुस्तिकाका रूपमा प्रकाशन गरिने पनि आयोजक संस्थाले पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

उक्त दिन दिउँसो १२ देखि साँझ ६ बजेसम्म रहने कार्यक्रममा कलाकारले तत्कालै चित्रहरु बनाउने र सोही चित्रहरु बिक्रीका लागि राखिने छ । सोही कला बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत कान्ति बाल अस्पतालमा क्यान्सरको उपचार गरिरहेका बालबालिकाको लागि सहयोग गर्ने  जनाइएको छ ।   

सोही दिन काठमाडौँ आर्ट हाउसको पनि उद्घाटन हुनेछ । उक्त हाउस नेपाली कलाकारका लागि सिर्जना प्रदर्शन र बिक्री गर्ने साझा थलोको रुपमा स्थापित हुने विश्वास छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप