आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुसमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

मङ्गलबार, १९ असोज २०७८, २३ : १७
मङ्गलबार, १९ असोज २०७८

रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ ।     सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ ।   

    यो सङ्ख्या रुसमा कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूले बताएका छन् ।    उनीहरूका अनुसार रुसमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या दुई लाख ११ हजार ६९६ पुगेको छ ।

    त्यसैगरी पछिल्लो एक दिनमा २५ हजार ११० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै कूल सङ्क्रमितहरूको सङ्ख्या ७६ लाख ३७ हजार ४२७ पुगेको छ ।     अधिकारीहरूका अनुसार रुसमा अहिलेसम्म भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या ६७ लाख ५९ हजार ५९ रहेको छ । तीमध्ये १८ हजार ५६८ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् ।  

    रुसमा अहिले पनि दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या कम भएको छ । त्यसैले सक्रिय सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । 

    नयाँ सङ्क्रमितहरूको सङ्ख्या केन्द्रीय राजधानी मस्कोमा बढेको पनि अधिकारीहरूले जनाएका छन् ।     सङ्क्रमित र मृतकहरूको सङ्ख्या बढ्दै गएपछि रुसमा फेरी कोरोनाभाइरसको महामारीले पार्ने चिन्ता थपिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप